चिया बगानभित्र लुकाएर राखिएको ५५७ केजी गाँजा बरामद


झापा । प्रहरीले झापाको मेचीनगरस्थित चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरेको छ।

मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानबाट शुक्रबार बिहान उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चिया बगानमा १३ पोका गाँजा फेला परेको थियो। बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम पुगेको थियो भने प्लास्टिक हटाउँदा ५५७ केजी रहेको पुष्टि भएको छ।

बरामद गाँजाको आवश्यक मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ। गाँजा कसले र कुन प्रयोजनका लागि चिया बगानमा राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।