काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरेको हो।
भेटका क्रममा प्रतिनिधिमण्डलले अध्यादेशमा समावेश गरिएका विभिन्न प्रावधानबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो। ती प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्दै महासङ्घले अध्यादेश जारी नगर्न आग्रह गरेको हो।
महासङ्घले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको संवैधानिक मर्मलाई ध्यानमा राखेर अध्यादेशबारे निर्णय लिन राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ।

















प्रतिक्रिया