काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् ।
शपथग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकसहित उच्च पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा बैंकका अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो ।
बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए । साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले उनलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नियुक्तिसँगै शपथ लिएका केसीले अब आगामी चार वर्ष माछापुच्छ्रे बैंकको नेतृत्व गर्नेछन् ।

















प्रतिक्रिया