लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारीमा आनी छोइङ


बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्। उनी बुधबार लुम्बिनी पुगेर जिम्मेवारी सम्हालेकी हुन्।

कोषका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डेले पनि बुधबार नै पदभार ग्रहण गरेका छन्। कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार दुवै पदाधिकारीले एकै दिनदेखि कार्यभार सम्हालेका हुन्।

लामो समयदेखि पदाधिकारीविहीन रहेको लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै प्रशासनिक तथा विकासका कामले गति लिने अपेक्षा गरिएको छ। कानुनी व्यवस्थाअनुसार कोषको पदेन अध्यक्षमा पर्यटन तथा संस्कृति मन्त्री रहने व्यवस्था छ भने अन्य पदाधिकारी सरकारले नियुक्त गर्छ।