काठमाडौँ । सरकारले २८ वर्षअघि बनेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याउँदै काठमाडौँ उपत्यकाका वधशाला तथा मासु पसलको अनुगमन सुरु गरेको छ।
पहिलो चरणमा मङ्सिर १ गतेदेखि तालिमप्राप्त मासु निरीक्षक परिचालन गरी वधशालाको सरसफाइ, पूर्वाधार, औजार र मासुको स्वच्छता जाँच भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार मापदण्ड पूरा भएको मासुमा निरीक्षणको छाप लगाइनेछ भने छाप वा चिन्ह नभएको मासु बिक्री गर्न पाइने छैन। सरकारले दोस्रो चरणमा माघ १ गतेदेखि ऐन देशभर लागू गर्ने योजना बनाएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले भने ऐन प्रभावकारी बनाउन व्यवस्थित वधशाला, मासु परीक्षण, शीतभण्डारयुक्त ढुवानी र मापदण्ड पूरा गरेका मासु पसल आवश्यक रहेको बताएका छन्।

















प्रतिक्रिया