काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा व्यापार, होर्मुज जलमार्ग, इरानको आणविक कार्यक्रम र रुस–युक्रेन युद्धलगायतका विषयमा छलफल भएको छ।
भेटका क्रममा ट्रम्पले होर्मुज जलमार्गबाट ऊर्जा आपूर्ति निर्बाध हुनुपर्ने र इरानसँग आणविक हतियार हुन नहुने विषयमा अमेरिका र चीनको समान धारणा रहेको बताए। उनले रुस–युक्रेन युद्ध अन्त्यका लागि दुवै देशले सहकार्य गर्न सक्ने पनि उल्लेख गरे।
त्यस्तै, चीनसँगको व्यापार सम्झौता र भन्सार शुल्क घटाउने विषयमा चर्चा गर्दै ट्रम्पले अमेरिकी किसानलाई थप लाभ पुग्ने गरी कदम चाल्न चीनलाई आग्रह गर्ने बताए।
चिनियाँ राष्ट्रपति सीले भने आपसी सम्मान, निष्पक्षता र पारस्परिकताका आधारमा चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउन ट्रम्पसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले दुई देशबीचको सम्बन्ध स्थिर र सुधारोन्मुख रहेको बताएका छन्।

















प्रतिक्रिया