भारतमा प्रधानमन्त्री बालेनलाई भव्य स्वागत, विमानस्थलमा रेड कार्पेट बिछ्याइयो


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।

नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली गएका प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भ्रमण टोलीमा सहभागी छन्।

प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनी भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।