भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न बालेनको आग्रह


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल र भारतको आर्थिक समृद्धिमा साझेदार बन्न भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् ।

संयुक्त सम्बोधनका क्रममा उनले दुई देशबीचको बलियो सम्बन्धलाई आर्थिक सहकार्य र लगानीमार्फत थप मजबुत बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री शाहले नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आइआइटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । साथै, दुवै देशका नागरिकको सुविधाका लागि नेपाल र भारतका सहरबीच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले आपसी विश्वास र सहकार्यका माध्यमबाट नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने उल्लेख गरे ।