चलचित्र ‘प्रेम अध्याय’ पुसको ३ गतेबाट रिलिजमा आउने


काठमाडौं । चलचित्र ‘प्रेम अध्याय’ पुसको ३ गतेबाट रिलिजमा आउने भएको छ । लभस्टोरी तथा एक्सन जनराको यो फिल्म पुसको ३ गतेबाट रिलिजमा आउन लागेको जानकारी यसको निर्माणपक्षले बताएको छ । किशोर चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई किरण चौधरीले निर्माण गरेका हुन् ।

यो फिल्ममा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ, कल्पना उपाध्याय लगायतका कलाकारहरुको अभिनय छ । सार्वजनिक पोष्टरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । अर्को एक पोष्टरमा पनि फिल्मका मुख्य नायक रिसाहा अवतारमा देखिएका छन् ।

विष्णु परियारको छायांकन रहेको फिल्ममा किशोर चौधरीको शब्द तथा संगीत, कमल राई र किशोर चौधरीको कोरियोग्राफी, किशोर चौधरीको सम्पादन छ । साहिल खानले यो फिल्मको टिजर र ट्रेलर तयार पारेका हुन् । आइडल डिजाइनर्सले यो फिल्मको पोष्टर तयार पारेको हो ।