काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयले मंगलबार राति नै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले मलद्वार तथा भित्री वस्त्रमा लुकाएर उक्त पदार्थ ल्याएका थिए। विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेले उनीहरूलाई सुनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जानकारी दिए।
बरामद गरिएको वस्तुको परीक्षण भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया