काठमाडौं। महेश श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले रिट दायर गरेकी हुन्।

गत २८ कात्तिकमा कीर्तिपुरको पाँगा क्षेत्रबाट पक्राउ परेका श्रेष्ठको रिट सुनुवाइका लागि न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।
अदालतमा सेटिङ मिलाउने गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग श्रेष्ठको सम्बन्ध तथा केही आर्थिक कारोबारसमेत देखिएपछि उनीमाथि पनि अनुसन्धान अघि बढाइएको थियो।
हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

















प्रतिक्रिया