काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ।

मङ्सिर ९ गतेदेखि रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको उक्त अभ्यासमा दुवै देशका सैनिकहरूको सहभागिता रहेको छ।

संयुक्त सैनिक अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा केन्द्रित रहेर तालिम सञ्चालन हुनेछ। अभ्यासमा सहभागी सैनिकहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानसँगै आ–आफ्ना अनुभवसमेत आदानप्रदान गर्नेछन्।

यस संयुक्त अभ्यासले नेपाली र भारतीय सेनाबीचको आपसी समन्वय, व्यावसायिक दक्षता तथा अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया