काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
नारायणी नदीमा निर्माणाधीन सिग्नेचर पुलको काममा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।
उनले सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई उन्मुक्ति दिन नहुने भन्दै आवश्यक परे जेलमै राखेर कारबाही गर्नुपर्ने बताएका छन् ।
मन्त्री लम्सालले विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै काम नगर्ने निर्माण व्यवसायीमाथि कडा कदम चालिने संकेत गरेका छन् ।

















प्रतिक्रिया