काठमाडौं– सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं– ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित चारजना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । तत्कालिन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । तत्कालीन प्रअ भट्टराईका साथै विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल, शाक्य प्रेस अफसेट प्रेस चैनपुर, सङ्खुवासभाका…