प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा सङ्ग्रौलालाई अपरेसन थिएटरबाट पोष्ट अप वार्डमा सारिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि सङ्ग्रौलाले मिर्गौला दान गरेकी थिइन् । उनी नातामा प्रधानमन्त्रीकी भान्जी पर्छिन् । बिहान १० बजेबाट प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएको अस्पताल स्रोतले जनाएको छ । शल्यक्रियापश्चात…