प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरेको छ। प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए । उनीहरुले ‘गेटवेल सून अनरेवल केपी ओली’ हात हातमा प्ले कार्ड बोकेर स्वास्थलाभको कामना गरेका थिए ।
त्यस्तै,प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु कालिकोटले सदरमुकाम मान्ममा दिप प्रज्वलन गरेको छ। जिल्ला सदरमुकाम मान्म स्थित नरहरीनाथ चोक मा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेकपा कालिकोटका अध्यक्ष धनजित शाही,सचिव नगेन्द्र शाही,प्रदेश कमिटि सदस्य,तुलाराज विष्ट,विष्णु विक लगाएतको सहभागित रहेको थियो ।
जिल्लाका नेता तथा कार्य कताहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष शाही,सचिव शाही, अनेरा स्ववियुका केन्द्रीय सदस्य भीमप्रसाद आचार्यले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण हुने विश्वास व्यक्त गर्नुभयोे । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । प्रधानमन्धी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने छ ।
प्रतिक्रिया