काठमाडौं । प्रधानमन्त्ती सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो दुवैबीच भेटवार्ता भएको हो । कार्की नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रधानमन्त्री हुन् । भण्डारी पहिलो महिला राष्ट्रपति हुन् । पूर्वराष्ट्रपति भण्डारी आइतबार सिंहदबार पुगेका बेला प्रधानमन्त्री कार्कीसँग भेटवार्ता भएको हो । दुवैबीच जेनजी आन्दोलनपछि…