दुखेसो छ जीत सँग पनि हार सँग पनि।खरानीहरू रिस गर्छन् अंगार सँग पनि।कलम सँग मात्र सम्बन्ध होला नसोच्नू,म उत्तिकै नजिक छु तरबार सँग पनि।हामी हाम्रा अभावहरू सँग लड्दै थियौँ,सरकार,हामी लड्छौँ सरकार सँग पनि।महोदय दुनियाँ मेरो हो भन्ने भ्रम नराख्नू,एकदिन मुजा मात्र हुन्छ निधार सँग पनि।