तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो । फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको जानकारी दिएका…