काठमाडौं– विद्यालयलाई त्यस्तो पवित्र ठाउँको रुपमा लिइन्छ जहाँ ज्ञानगुन, जिवनोपयोगी सीप र आदर्शको कुरा सिकाइन्छ । तर हालसालै एउटा त्यस्तो विद्यालयको बारेमा कुरा बाहिर आएको छ जहाँ यि सबै कुरा सिकाइँदैन । भारतको मध्यप्रदेशका राजगढ जिल्लाका केहि गाउँमा शिक्षा दिनुको साँट्टो अपराध गर्न सिकाउने विद्यालय छन् । भोपालबाट करिब ११७ किलोमिटर टाढा रहेका कादिया, गुलखेडी…