काठमाडौं । मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ जलाइएको विषय झन् झन् जटिल बन्दै गएको छ । गृह मन्त्रालयले यो घटनाका विषयमा अनुसन्धान गर्न छानबिन गर्न समिति बनाएको छ । चिनियाँ दूतावासले चासो राख्दै परराष्ट्र मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएपछि नेपाल सरकार दबाबमा परेको हो । गृहले मोरङका सहायक…