कोटेश्वरमा बन्ने भो अन्डरपास–फ्लाइओभर, जापानसँग ३१ अर्बको ऋण सम्झौता

काठमाडौं । कोटेश्वरमा अन्डरपास–फ्लाइओभर निर्माण गरिने भएको छ । कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौता भएको छ। सम्झौता हस्ताक्षर समारोहमा अर्थमन्त्री रामेश्वर खनालको उपस्थिति थियो। परियोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्गतर्फ आउने–जाने यातायात सहज बनाउन…