एजेन्सी । अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क लगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सैनिक आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनलाई न्युयोर्कमा लागूऔषध मुद्दा लगाउने तयारी भएको छ । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिइएको छ।…