लखनउमा भवन भत्किँदा आठ जनाको मृत्यु, २८ जना घाइते

नयाँ दिल्ली– भारतको उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा एउटा भवन भत्किँदा ठुलो दुर्घटना भएको छ । शनिबार भएको दुर्घटनामा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २८ पुगेको जनाएको छ । कार्यालयले मृतक र घाइतेको नाम पनि सार्वजनिक गरेको…