मोटरसाइकल चोरि गर्ने एक युवक प्रहरीको हिरासतमा

नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा८३प ९२८१…