Logo

समाज

मेयर बालेनको टिम पस्यो सिंहदरबार: मन्त्रालयको क्यान्टिनबाट बालबालिका उद्धार

काठमाडौं– नेपाल सरकारले वि सं २०८७ सम्म बाल श्रममुक्त राज्य निर्माण गर्ने लक्ष्य लिएको छ । बाल मैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ मा नेपाललाई वि सं २०८७ सम्म बाल श्रममुक्त सहित बालमैत्री बनाउने उल्लेख छ । बाल श्रम निवारण गुरुयोजना २०७५ – २०८५अनुसार नेपालले २०७९ सम्म निकृष्ट प्रकारको बाल

जलन पीडितप्रति सरकारले अमानवीयता देखायोः रास्वपा सांसद कंसाकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्ध्यवासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीयता देखाएको बताएकी छन् । प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै बुधबार उनले जलन पीडितलाई सरकारले वेवास्ता गरेको बताएन् । सरकारले बजेटमा जलनमा

‘अब दलितले दलितकै लागि लड्नुपर्ने समय आएको छ’

दैलेख– दलितका लागि दलित अभियान नेपालको दैलेखमा जन–प्रदर्शन तथा जागरण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताएका छन् । देश र समाजले दलितको आँशु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने उनले

नक्सालको ढुंगेधारा पुनरुत्थान: ढुंगेधारा थुन्नेलाई काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं– नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या महानगरले पहिचान गरेको थियो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा शोभा पाठक पक्राउ

काठमाडौं– सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार ललितपुरको पुल्चोकबाट नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ। अहिले उनलाई म्याद थपका लागि जिल्ला

श्रमाधान रोजगार मेलाको पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

कैलाली– धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले

आज सुनको मुल्य स्थिर

काठमाडौं– नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको मूल्य सोमबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

भरतपुरमा अन्तरजातीय विवाह गर्ने जोडीलाई नगद एक लाखसहित सम्मान

चितवन– भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा नगद एक लाखसहित सम्मान गरेका हुन् । महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् । उनले

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

काठमाडौं– दाङमा श्रीमतीको हत्याको आरोपमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका–२, पचहिया निवासी २६ वर्षीय रन्जित चौधरी २१ वर्षीया श्रीमती कमला चौधरीको हत्या आरोपमा पक्राउ परेका हुन् । रन्जितले बिहीबार राति कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते कमलाको क्रिमसन हस्पिटल बुटवलमा

झोलुंगे पुलमा फसेका खच्चडको उद्धार, दुईवटा बचेनन्

अछाम– कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चड जीवितै उद्धार भएका छन् । पुलमा फसेका दुईवटा खच्चड भने जीवितै उद्धार हुन सकेनन् । आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो। पुलको छेउ भागमा फसेका तीन