नेपाल प्रहरीको ६ एसएसपीको सरुवा

नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरूवा भएको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरतबहादुर बोहराको सरुवा भएको छन भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराईलाई पठाईएको छ । त्यसैगरी अपराध अनुसन्धान विद्यालयमा एसएसपी विष्णु केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा…