मन्त्री प्रेम आलेले राजीनामा दिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिएका छन्। करिब नौ महिना मन्त्री भएका आलेले यसअघि आजै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएका थिए। नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा…