कर्णाली प्रदेशभर एक वर्षको अवधिमा ८ लाखभन्दा बढी बिरुवा रोपिएको छ । प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्था तथा संगठनले प्रदेशका विभिन्न सामुदायिक वन, सार्वजनिक क्षेत्रलगायत स्थानमा आठ लाख ७ हजार ६ सय ८० वटा बिरुवा रोपेको कर्णाली प्रदेश वन निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी नवराज पौडेलले प्रदेशभर…