मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाह नाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई नेपाल प्रहरीसमेतको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिएका छन।एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास…