कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर…