Logo

अन्तर्राष्ट्रिय

बंगलादेशमा इन्टरनेट सेवा सुचारु

ढाका- बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ)का एक अधिकारीले बताएका छन् । विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि सरकारले बिहान १०ः३० बजे इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको थियो । फोरजी मोबाइल इन्टरनेट सेवा पनि खुलाइएको छ ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन दुतावासको आग्रह

काठमाडौं– बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका

 शेख हसिनाले राजीनामा दिएपछि बंगलादेशको सत्ता सेनाको हातमा

काठमाडौं– बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

काठमाडौं– ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समाचार प्रकासित गरेको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेको तर सम्भव नभएको

बंगलादेश फेरी तनावमा, सुरक्षाकर्मीले बढाए गस्ती

ढाका– प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ

पतिपत्नीको झगडाले उग्र रुप लिएपछि विमानको आकस्मिक अवतरण

काठमाडौं– विभिन्न प्राविधिक समस्या र मौसमको खराबीका कारण कहिलेकाँही जहाजको आकस्मिक अवतरण गर्नुपर्नेहुन्छ । तर आयरल्याण्डबाट उडेको एक जहाजमा श्रीमन र श्रीमतीको झगडाको कारण आकस्मिक अवतरण गर्नुपरेको छ । आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको एयर लिंगसको जहाजका यात्रु रहेका एक दम्पत्तीबिच झगडा सुरु भयो । प्लेन टेकअफ भएको

युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बन्दैछन् ‘बुबा’

एजेन्सी– इजरायल–हमास युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बुबा बन्दैछन् । इजेरलले शुक्राणुको संरक्षण गर्ने कानुनी व्यवस्थालाई खुकुलो बनाइदिएपछि युद्धमा मारिएका सेनाको परिवारले मृतकको वंशलाई अघि बढाउने चाहना व्यक्त गरिरहेका छन् । गत अक्टोबरको हमास हमलामा इजरायलका झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो।

बेलायतमा आप्रवासीविरुद्ध आन्दोलन चर्किँदै

काठमाडौं– बेलायती सडकमा दक्षिणपन्थी प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । आप्रवासीविरुद्ध भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। १७ वर्षीय अफ्रिकी आप्रवासीको सन्तानबाट तीन बेलायती बालिकाको हत्या भएपछि प्रदर्शन चर्किएको छ । लिभरपुल, लिड्स, हललगायतका बेलायती सहरमा प्रदर्शन भएको थियो । शनिबारको प्रदर्शनमा ३० जनालाई प्रहरीले पक्राउ

मर्दी हिमाल बेस क्याम्पमा भेटियो ७ महिनाअघि हराएका स्विडिस नागरिकको अवशेष

कास्की– मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । ७ महिनाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको अवशेष फेला परेको हो । माछापुच्छ्रे गाउँपालिका–९ का स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा उक्त मानव अवशेष फेला पारेका हुन् । पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३०

रुसमा भवन भत्किँदा चारजनाको मृत्यु

काठमाडौं– रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चारजनाको मृत्यु भएको छ । रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको सहर निजनी टागिलमा रहेको भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ । भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ ।