सामाजिक सञ्जाल प्रयोगको विषयलाई लिएर अष्ट्रेलियामा संसारकै सबैभन्दा कडा कानुन पारित

काठमाडौं– अस्ट्रेलियामा फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जालहरूलाई नियन्त्रणमा लिने सबैभन्दा कडा कानुन पारित भएको छ । त्यहाँका सांसदहरुले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका हुन् । सदनबाट विधेयक पारित भएपछि सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै बालबालिकालाई आफ्नो प्लेटफर्ममा खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।…