काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको भ्रमणमा जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन आज उनी भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नेछन् । . भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको
काठमाडौं– अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तर्गत रहेका यी दुई टोली नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुन लागेका हुन् । खेल नेपाली समयअनुसार राती सवा ८ बजेबाट सुरु हुने छ । यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको
काठमाडौं– आईसिसी टि–२० विश्वकप २०२४ को समूह चरण खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ । बिहिबार भएको खेलमा विश्वकपको सहआयोजकसमेत रहेको अमेरिकाले सुपर ओभरमा हराएको हो । ग्रान्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो
काठमाडौं– बलिवुड अभिनेत्री तथा नव निर्वाचित सांसद कंगना रनौतलाई एक महिला प्रहरीले थप्पड हानेकी छन्। हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा निर्वाचन जितेकी भारतीय जनता पार्टीकी नेत्री रनौतलाई चण्डीगढ एयरपोर्टमा महिला प्रहरीले थप्पड हानेकी हुन्। सांसद् रनौतले चुनाव जितेर भाजपाको बैठकमा सहभागी हुन नयाँदिल्ली निस्कने क्रममा महिला प्रहरीले थप्पड हानेको बताएकी
याँ दिल्ली – बलिउड सुपरस्टार शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको नाममा ठगी भइरहेको पाइएको छ । यसबारे कम्पनीले औपचारिक घोषणा गरेर सबैलाई सचेत गराएका छन् ।गत बुधबार राति, शाहरुख खान र गौरी खानको प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्टले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा एक सूचना शेयर गरेका छन् ।
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड भारत जाने भएका छन् । मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका हुन् । भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीका अनुसार मोदीले सार्क राष्ट्रका सदस्य राष्ट्रलाई सपथ ग्रहणमा सहभागीता जनाउन बोलाएका छन् । उनले
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ। मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्। भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदी सोहि क्षेत्रबाट तेस्रो पटक चुनिएका छन् । मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४
विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानी कान्छो छोरा अनन्त अम्बानीको बिहेको तयारीमा लागि परेका छन्। अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग १२ जुलाईमा विवाह गर्न लागेका हुन्। गत साता उनीहरूले इटलीमा भव्य दोस्रो प्रि-वेडिङ पार्टी आयोजना गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार अम्बानी परिवारले आयोजना गरेको क्रूज प्रि-वेडिङ पार्टीको मूल्य ९००
वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् । ‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु’, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने । ‘हामी दुई देशबीचको स्थायी