विद्युत् सर्ट भई, पाँच लाखको क्षति

काठमाडौँ- त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा , सुनचाँदीलगायत रु पाँच लाख बराबरका सामान नष्ट भएको छ । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी…