नायक विक्की कौशलको फिल्म ‘छावा’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मले रिलिजको छैटौं दिनमा २ सय करोड पार गरेको हो । फिल्मले बुधबार ३२.४० करोड कमाई गरेपछि यसको कमाई २ सय पार भएको हो ।फिल्मले शुक्रबार ३३.१० करोड, शनिबार ३९.३० करोड, आइतबार ४९.०३ करोड, सोमबार २४.१० करोड, मंगलबार २५.७५ करोड, बुधबार ३२.४० करोड…