काठमाडौँ - संगीतकार एवं तबलावादनका उस्ताद जाकिर हुसेनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको हो । अमेरिकाको सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । उनी कलेजोसम्बन्धीबाट पिडित थिए । तबलावादकका रूपमा उनले संगीत क्षेत्रको विश्वचर्चित ग्रामी अवार्डस् चारपटक पाएका थिए । तबलावादनलाई नयाँ पहिचानसहित विश्वव्यापी मञ्च उपलबध् गराएको श्रेय…