१८ देखि २८ वर्षसम्मका युवालाई सबै समितिमा अनिवार्य प्रतिनिधित्व गराउने देउवा समूहको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रसम्मका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य गर्ने व्यवस्था गरेको छ। पार्टीको १५औँ महाधिवेशन समानान्तर रूपमा गर्ने तयारीमा रहेको समूहले जारी गरेको ‘निर्वाचन निर्देशिका २०८३’ मा युवा सहभागितालाई अनिवार्य सर्तका रूपमा राखिएको हो। निर्देशिकाअनुसार जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति…