अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ । आज अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका यात्रुहरू क्वरेण्टीनमा बस्नुपर्ने छैन ।…