काठमाडौं– मकवानपुरको चुरियामाई मन्दिर नजिकै यात्रुबाहक बस दुर्घटनामा परेको छ । मकवानपुर प्रहरीका अनुसार वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकैको सडक छेउ खोला डिलमा पल्टिएको हो । दुर्घटनामा बसमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल…