सेवाग्राही विदेशिएपछि बागलुङमा पन्ध्र हजार राष्ट्रिय परिचयपत्र थन्कियो

काठमाडौँ- बागलुङ जिल्लामा सेवाग्राही विदेश जाने कारण १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायका अनुसार, अधिकांश सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरे पनि परिचयपत्र लिनका लागि कार्यालयमा आउन सकेका छैनन्। नयाँ परिचयपत्रका लागि दैनिक २० देखि ५० जना सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन्,…