सरकारी वकिलको जवाफी बहस सकियो, रविसहितका सातै जनालाई आफ्ना कुरा राख्न न्यायाधीश राईले दिए समय

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा चलिरहेको थुनछेक बहस आज सकिएको छ। सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका छन्। यसपछि, न्यायाधीश नितिज राईले सातै प्रतिवादीलाई आफ्ना कुरा राख्नको लागि समय दिएका छन्। अदालत स्रोतका अनुसार, आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना रहेको छ। कास्की जिल्ला अदालतमा…