आफ्नो पार्टी सदस्यता ‘होल्ड’ गरेपछि एमाले कार्यालय जाँदै भण्डारी, ओलीलाई भेट्ने

काठमाडौं । आफ्नो पार्टी सदस्यता नवीकरण होल्डमा राखिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्ट भएकी छन् । उनी आइतबार एमाले मुख्यालय च्यासल जाँदैछिन् । भण्डारी धेरैपछि एमाले पार्टी कार्यालय जान लागेकी हुन् । पार्टी कार्यालय पुगेर उनले एमाले अध्यक्ष केपी ओलीसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ । एमाले अध्यक्ष बन्ने उद्देश्यसहित भण्डारीले पूर्वराष्ट्रपतिलाई राज्यले दिएका विभिन्न सेवासुविधा…