काठमाडौं, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट समग्र सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय…