झाँझखोलामा तैरिरहेका अवस्थामा शव फेला

रौतहट– रौतहटको गरुडामा खोलामा शव तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गरुडा नगरपालिका–५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो । खोलामा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ…