उदयपुर जिल्लामा एक वर्षअघिसम्म लागुऔषध कारोबार र दुर्व्यसनको दर न्यूनीकरण हुँदै गइरहेका थिए, तर अहिले त्यस्तो गतिविधि पुनः बढ्न थालेको देखिएको छ। छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रिने, कारोबार गर्ने र प्रयोगकर्ता बढ्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हालैका महिनामा ९० जना लागुऔषध कारोबारकर्ता र प्रयोगकर्ता पक्राउ परेका छन्।…