महाङ्काल मन्दिरमा टेका लगाइसकिएको छ, चाँडै पुनर्स्थापना हुनेछ — उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सवारी दुर्घटनामा क्षति पुगेको टुँडिखेल छेउको महाङ्काल मन्दिर निरीक्षण अवलोकन गर्नु भएको छ । गए राती ना. २ क ४० नं. को पानी बोक्ने ट्याङ्करको ठक्करबाट मन्दिरको नयाँ सडकतर्फको कुनामा क्षति पुगेको छ । उहाँसँगै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन,…