जनकपुरधाम — सप्तरीको राजविराजस्थित सरकारी गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी गराउन पुगेकी एक गर्भवती महिलाले अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएको छ। मंगलबार राति करिब २ बजेतिर सुत्केरी गराउन अस्पताल पुगेकी ती महिलाले अस्पतालले मागेको रकम तिर्न नसकेपछि आफूलाई अस्पतालबाट बाहिर निकालिएको आरोप लगाएकी छन्। त्यसपछि अस्पतालको गेटबाहिरै उनले बच्चा जन्माउनुपरेको बताइएको…