काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडास्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। इलामबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो। दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सञ्चालन गरिएको थियो। भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय…