दुखद खबर : चितवनमा बाघले फेरि लियो मान्छेको ज्यान

घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। उनको घाँटीमा चोट…