सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको श्रोतले जनाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकको वाइरिङ सर्ट भएर आगलागी…